• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
बिजनेस
काठमाडौमा तिहार लक्षित बिशेष सुचनामुलक कार्यक्रम अायाेजना
प्रकाशित मिति: शुक्रबार, कार्तिक १६, २०७५

काठमाडौ १६ कार्तीक ।  दीपावलीमा हुन सक्ने आगलागीलाई नियन्त्रण गर्न काठमाडौ महानगरपालिका र जुद्ध वारुण यन्त्र कार्यालयले विशेष सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

अग्नि नियन्त्रण तथा उद्धार कार्यको लागी प्रतिवद्ध ,अग्नि सुरक्षा हाम्रो सरोकार भन्ने नाराका साथ शुक्रबार अग्नि विपद् न्युनिकरण सचेतना कार्यक्रमको आयोजना गरिएको हो । सचेतना कार्यक्रम अन्तर्गत काठमाडौमा जनचेतनामुलक र्याली र अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

जनचेतनामुलक र्याली काठमाडौंको लगन , जैशिदेवल , क्षेत्रपाटी , ईन्द्रचोक हुदै बसन्तपुरमा पुगी समापन भएको थियो । त्यसअघि आयोजित अन्तक्र्रियात्मक कार्यक्रममा काठमाडौ महानगरपालीकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौमा एउटामात्र अग्नी नियन्त्रक कार्यालय रहेकोमा , काठमाडौंकै बौद्धमा पनि अर्को अग्नी नियन्त्रण कार्यालय स्थापना गर्न भवन निर्माण भईरहेको जानकारी दिनुभयो । काठमाडौमा हुने आगलागीको घटनामा दमकलको पहुँचलाई तिव्रता दिन बौद्धमा अग्नी नियन्त्रण कार्यालय स्थापना गर्न लागीएको उहाको भनाई छ ।

त्यस्तै कार्यक्रममा आगलागीको घटनालाई न्युनिकरण गर्न र आगलागी भईहाले त्यसको जोखिमबाट बच्ने उपायका बारेमा स्थानीयसंग अन्तक्र्रिया गरिएको थियो । तिहारका बेला पटका, आतेसबाजी र बढी बत्ती बालिने भएकाले आगलागीका घटना बढी हुने गरका छन् । यसबाट लाखौंको धनमाल क्षति हुनुका साथै मानवीय क्षति समेत हुने गरेको छ ।

Comments