• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
स्वास्थ्य
आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाईँदै
प्रकाशित मिति: बुधबार, कार्तिक १४, २०७५

झापा १४ कार्तीक । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाईँदै छ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा आफूलाई पायक पर्ने समयमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

यो अभियानका क्रममा बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ 

Comments