• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
स्वास्थ्य
इलाममा तीनदिने निशुल्क आँखा शिविर सुरु
प्रकाशित मिति: मंगलबार, आश्विन २३, २०७५

 इलाम २३ असाेज । इलाममा तीनदिने निशुल्क आँखा शिविर सुरु भएको छ ।

मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोग, सोसिअल्टर्सको आयोजना तथा इलाम नगरपालिका वडा नम्वर ८ को सहयोगमा सोमबारदेखि शिविर सुरु भएको हो ।

करिव एक हजार जनाको स्वास्थ्य उपचार गर्ने उदेश्यले सुरु शिविरमा पहिलो दिन तीन सय जनाले आँखाजाच गराएका छन् ।

शिविरमा मेची आँखा अस्पतालका डाक्टर तथा विदेशी डाक्टरहरुले स्वास्थ्य परिक्षण गरिरहेका छन् । आँखा जाँच पछि चश्मा आवश्यक परे निशुल्क वितरण समेत भइरहेको छ । साथै मोतिया विन्दुको शल्यक्रिया गर्नुपरे मेची आँखा अस्पतालमा वोलाएर समेत निशुल्क गरिने आयोजक संस्थाका हेमन्त गौतमले जानकारी दिनुभयो । शिविर भोली सम्पन्न हुने छ । 

Comments