• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
आयुर्वेद स्वास्थ्य शिविरमा सर्वसाधारण लाभान्वित
प्रकाशित मिति: आइतबार, आश्विन २१, २०७५

खोटाङ : खोटाङको हलेसीमा आयोजना गरिएको निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरमा ३२६ स्थानीयले निशुल्क उपचार सेवा पाएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका र हलेसी आयुर्बेद औषधालयको संयूक्त आयोजनामा शनिवार सञ्चालन गरिएको निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविरमा १७९ महिला र १४७ पुरुषले स्वास्थ्य जाँचका साथै निशुल्क औषधि पाएका हुन् । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित आयुर्वेद पञ्चकर्म शाखामा निशुल्क बिशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुँदा स्थानीय लाभान्वित भएका छन् ।

शिविरमा उच्च रक्तचाप, पाठेघर, नशा सम्बन्धी समस्या, यूरिक एसिड, पायल्स, ग्याँस्ट्रिक, दम, सुगर, जण्डिस लागायतका समस्या भएका विरामीले सेवा पाएको हलेसी आयुर्वेद औषधालयका प्रमुख राजेन्द्र पोखरेलले वताउनुभयो ।

स्वास्थ्य शिविरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य शिक्षा प्रमुख डा.राधिका थपलिया, आयुर्वेद कन्सल्ट्यान्ट विज्ञ डा.मुनकर्ण थापा, काया चिकित्सा विशेषज्ञ डा.नदन कँडेल लगायतको टोलीले बिरामीको स्वास्थ्य जाँचका साथै औषधि वितरण गर्नुभएको हो ।

विभिन्न शारीरिक समस्या झेलिरहेका सर्वसाधारणलाई गाउँमै आयुर्वेद स्वास्थ्य सेवाका लागि निशुल्क शिविरको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । 

Comments