• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
‘संमृद्धिको नाममा सरकारले मनोवैज्ञानिक शोषण गरिरहेको छ’ : प्रवक्ता खतिवडा
प्रकाशित मिति: आइतबार, आश्विन २१, २०७५

खोटाङ , नयाँ शक्ति नेपालका प्रवक्ता डम्बर खतिवडाले संमृद्धिको नाममा वर्तमान सरकारले मनोवैज्ञानिक शोषण गरिरहेको बताउनु भएको छ । नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम सम्मेलन एबं पार्टी प्रशिक्षणकाक्रममा खोटाङ आइपुगेका प्रवक्ता खडिवडाले राजनैतिक स्वार्थका लागि संमृद्धिको नारा ल्याउने तर नारा अनुसार काम नगरी मनोवैज्ञानिक शोषण गरिरहेको आरोप लगाउनु भएको हो । 

नयाँ शक्तिले शनिबार शुभम–फाउण्डेसनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खतिवडाले घर–घरमा गोवर ग्याँस प्लान्ट जोड्नेदेखि पानी जहाज चलाउनेसम्मका नारा संमृद्धिका लागि भन्दा स्वार्थका लागि ल्याइएको देखिएको उल्लेख गर्नुभयो । उहाँले सरकारको क्रियाकलाप र जनताको भावनाको तालमेल नभएको बताउनुभयो । 

संमृद्धिकोे नाममा राजनैतिक स्वार्थका लागि सरकारबाट मनोबैज्ञानिक शोषण भइरहेको बताउदै खतिवडाले वर्तमान सरकारले शान्ति सुरक्षा, अशल शासन, संमृद्धिको मुद्दालाई सुनिश्चित गर्न नसकेको बताउनुभयो । ‘अहिलेको सरकारले शान्ति सुरक्षा पनि राम्ररी दिन सकिरहेको छैन, संमृद्धिकोे मुद्दालाई न्याय दिन सकेको छैन,’ खतिवडाले भन्नुभयो, ‘गुड गभन्र्यान्स पनि इन्योर नभएको, इन्क्लुजन र फेडरलिजमलाई पनि गहिरो गरी प्रतिरक्षा गर्न नसकेको देखिरहेका छौँ ।

प्रवक्ता खतिवडाले दिक्तेललाई उपप्रादेशिक केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना भए पनि संरचना कमजोर देखिएको बताएका छन् ।

Comments