• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
राष्ट्रिय
‘जुत्ता लगाउ लाइसेन्स जोगाउ'
रविन भट्टराई प्रकाशित मिति: बुधबार, आश्विन १७, २०७५

बिर्तामोड,१७, असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चालकलाई अनियवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन निर्देशन दिएको छ ।

बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले ठुला सवारी साधनका चालक र व्यवसायीलाई भेला परेर जुत्ता लगाएर मात्र सवारी चलाउन आग्रह निर्देशन दिएका हुन् । उनले सो नियमको पालना नगरे लाईसेन्स खारेज सम्म गर्ने सक्ने बताएका छन् । 

दुर्घटनालाई कमि गर्न सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको जानकारी सबै चालक र व्यवसायीलाई गराएको र अब जुत्ता नलगाई चप्पल लगाएर सवारी दौडाएको भेटे लाईसेन्स खारेज सम्मको जरीवाना गर्ने राईले बताए । दसैं, तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम सुरु गरिएको राईको भनाई छ । 

चालकले जुत्ता लगाउनै पर्ने भन्ने सबैलाई नयाँ नियम लागे पनि यो पुरानै र दुर्घटना घटाउने व्यवहारीक नियम भएको र सरकारी निर्देशिकामा उल्लेख गरिएको सो नियमलाई कार्यन्योयनमा ल्याएको प्रहरीको भनाई छ । 

सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम छ । जुत्ता लगाएर सवारी चलाए क्लच र ब्रेक सही तरिकाले लाग्ने र खुट्टा सो स्थानबाट नचिप्लने हुँदा यो नियम राखिएको हो ।
 

Comments