• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
राष्ट्रिय
अझै खुलेन धनगढी , बन्द आज पनि जारी
प्रकाशित मिति: आइतबार, आश्विन १४, २०७५

धनगढी १४ असाेज । प्रदेश नम्बर ७ को राजधानी धनगढीबाट सार्ने निर्णय भएकोमा आन्दोलनरत धनगढीबासीले आह्वान गरेको बन्द आज पनि जारी छ । 

बुधबार प्रदेशसभाले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका सार्ने प्रस्ताव गरेदेखि नै धनगढीवासी आन्दोलित भएका हुन् । शुक्रबार बसेको प्रदेशसभा बैठकले राजधानी गोदाबरी नै रहने गरी दुई तिहाई बहुमतले पास गरेपछि धनगढीका जनता झनै आक्रोशित बनेका छन् ।

स्थानीय संघर्ष समितिका संयोजक हरि रेग्मीले दुई तिहाइको बलमा निरंकुश तन्त्र लाद्न खोजेको भन्दै बन्द आह्वान गरिएको बताउनुभयो ।

यसअघि हिजो भएको प्रदेशसभा बैठकमा विपक्षी दलको बहिस्कारका बीच बैठकमा नाम र राजधानीबारे सुझाव पेश गर्न गठित विशेष समितिका संयोजक तारालामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी राखेको प्रस्ताव दुई तिहाईले स्वीकृत गरेको हो ।

स्वीकृत भएको प्रतिवदेन अनुसार स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ तेघरीस्थित नेपाली सेनाको व्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो ।

प्रदेश सरकार र सत्तापक्षले संविधानअनुसार प्रदेशबासीको चाहना पूरा गर्न सकिएको भन्दै खुसी व्यक्त गरेको छ । 

Comments