• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
पन्त हत्याकाण्ड थप रहष्यमय , तिनैजनाकाे डिनए मिलेन
डिल्लीराज पन्त प्रकाशित मिति: आइतबार, आश्विन १४, २०७५

कञ्चनपुर १४ असाेज । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्टको आरोप लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र स्थानिय आयुश विष्टको डिएनए रिर्पोट खोलिएको छ ।

झण्डै दुई साता अघि प्रहरी प्रधान कार्यालयले उनीहरु तीनै जनाको डिएनए परिक्षणका लागि रगत लिएको थियो । केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको सिलबन्दी रिर्पोटलाई आज कञ्चनपुर प्रहरीले खोलेको छ ।

मृतक निर्मला पन्तको योनीमा भेटिएको (भजाईनल स्वाब) संग तीनै जनाको डिएनए नमिलेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले अनुसन्धान अधिकृत कृष्णराज ओझा सहित जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खेमराज भट्ट सहितको उपस्थितिमा रिर्पोट खोलिएको बताउनुभयो ।

 अहिलेसम्म गरिएको डिएनए परिक्षणमा कसैको पनि निमलेपछि पन्त हत्याकाण्ड थप रहष्यमय बन्न पुगेको छ ।

Comments