• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
राष्ट्रिय
मेची नदीमाथि पक्की पुल निर्माणको काम सुरु
रविन भट्टराई प्रकाशित मिति: बुधबार, आश्विन १०, २०७५

काकडभिट्टा । भारतले झापाको पूर्वि नाका काँकडभिट्टास्थित मेचीनदी माथि पक्की पुल निर्माणको काम सुरु गरेको छ । एक वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचदिने भारत भ्रमणका क्रममा पूर्वी नेपालको मेची नदीमा पुल निर्माण गर्ने सम्झौता भएको थियो । हैदरावाद हाउसमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको सहमतिपछि भारतले मेची नदीमा पुलको पिल्लर गाड्ने काम सुरु गरेको छ । 

झापाको काँकडभिट्टा र भारतको पानीट्याङ्की नाका जोड्ने गरी पुल निर्माणको सम्झौता भएको एक वर्षपछि भारतीय पक्षले काम थाले पनि नेपाली भू–भागमा पर्ने एउटा सिङ्गो बस्ती हटाउने विषयमा सरकारले निर्णय लिन नसक्दा पुलको निर्माण कार्य अपेक्षितरुपमा अघि बढ्न भने सकेको छैन । नेपाल सरकारले मुआब्जा लगायतका विवाद नटुङ्ग्याउँदा नेपाल भारत सीमाको मेची नदीमा पुल निर्माणको काम प्रभाबित हुने देखिएको छ । भारतीय भूमिमा पुल निर्माणको काम भइरहे पनि नेपाली भूभागमा भने अवरोध देखिएको हो । नेपालतिर पुल निर्माणस्थलमा पर्ने मेची डाँडाका बासिन्दा राहत र पुनस्र्थापनाको काम नटुिङ्गदासम्म मेची पुल निर्माण प्रक्रिया अघि बढाउन नदिने पक्षमा छन् । 

मेची पुलको निर्माण प्रक्रिया तत्काल अघि बढाउन काँकडभिट्टाको मेची डाँडाका ४४ घर परिवारलाई अन्यत्र सार्नु पर्ने हुन्छ । उनीहरुलाई राहत र पुनस्र्थापनाको व्यवस्था नगरेसम्म पुलको निर्माण कार्य अघि बढ्न नसक्ने भएपछि मेचीनगर नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई भेटेर तत्काल मुआब्जा रकम उपलब्ध गराउन माग गरेको थियो । तर सहरी विकास र भौतिक तथा योजना मन्त्रालयको आपसी ढिलाईले काम अघि बढ्न नसकेको बताइएको छ  । नगरपालिकाले अधिग्रहणमा पर्ने घर र जग्गाधनीलाई उचित क्षतिपूर्ति र वैकल्पिक पुनर्वासका लागि पहल गरिरहेकोे जनाएको छ । 

एसियाली विकास बैङ्कको लगानीमा भारत सरकारले काँकडभिट्टाबाट भारतको पानीट्याङकी बाइपास जोडिने गरी मेची नदीमा नयाँ पुल बनाउने समझदारी गरेको हो । पुल निर्माणका लागि भारतले एकसय ५९ करोड भारतीय रुपैयाँ एसियाली विकास बैङ्कबाट सहयोग लिएको छ । १५ सय मिटर लम्बाई रहेको पुलसँगै ८२५ मिटरको ६ लेनको अप्रोच रोड पनि बनाउने योजना त्यसमा समेटिएको छ । 
यता पहिले थाहा भएकामध्ये चार परिवारको मात्र धनीपुर्जा भएकाले उनीहरूलाई जग्गा प्राप्ति ऐनअन्तर्गत मुआब्जा दिइने सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेलले जानकारी दिए । 

सरकारले धनीपुर्जा नभएका जग्गाको मुआब्जा दिने प्रचलन नभएको पोखरेलको भनाई छ । राष्ट्रिय आवास कम्पनीले प्लटिङ गरेका जग्गामा सबै परिवार बस्दै आएका भए पनि अधिकांशले धनीपुर्जा पाइसकेका छैनन् । 
 

Comments