• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
बिजनेस
पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढ्दै
प्रकाशित मिति: शुक्रबार, आश्विन ५, २०७५

ईलाम । युरोप तथा अमेरिका र क्यानडामा डग च्युुका रूपमा निर्यात हुने छुर्पीको माग बढेपछि नेपालको पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढेको छ । 

हड्डी वा अन्य कृत्रिम वस्तुको साटो कुकुरलाई चबाउन दिन पश्चिमी देशहरूबाट दूधलाई प्रशोधन गरेर बनाइने छुर्पीको अत्यधिक माग भएपछि पशुपालकहरूले उत्पादन बढाउन थालेको बताइन्छ । पूर्वी पहाडी जिल्लामा उत्पादित छुर्पी कुकुरको आहारको रूपमा अमेरिकालगायत युरोपेली मुलुकमा निकासी हुने गरेको छ ।

इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, धनकुटालगायत पूर्र्वी पहाडी जिल्लामा उत्पादित छुर्र्पी अमेरिकी र युरोपेली मुलुकमा निकासी हुने गरेको छ । बजारको मागअनुसारकै गुणस्तरमा डग च्यु तयार भइरहेकाले पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्र्पीको माग उच्च रहेको व्यवसायीहरू बताउँछन ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७४÷०७५ को ११ महिनाको अवधिमा नेपालबाट झन्डै साढे पाँच लाख किलो अर्थात ८० करोड मूल्य बराबरको छुर्र्पी विदेश निर्यात भएको छ । त्यसमध्ये ७२ करोड मूल्य बराबरको छुर्र्पी अमेरिका निर्यात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

Comments