• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
बिजनेस
प्रदेश १ का चिया मजदुर आन्दोलनमा , यस्ता छन माग
प्रकाशित मिति: शुक्रबार, आश्विन ५, २०७५

बिर्तामाेड । सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै प्रदेश १ का मजदुर चिया बगान र प्रशोधन कारखाना बन्द गर्ने सहितका कार्यक्रम लिएर आन्दोलनमा उत्रिएका छन् । 

पटक पटक बिभिन्न दबाब मुलक कार्यक्रम गर्दा समेत जिल्ला प्रशासन कार्यालय र कारखानाले चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको चिया मजदुर निकट श्रमिक सङ्गठनहरुले बताएका छन् ।

आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै मजदूर सङ्गठनले न्युनतम् ज्याला कार्यान्वयनका लागि सात दिनको अल्टिमेटम दिइएको र सो समयमा पनि कार्यान्वयन नभए असोज १० गतेदेखि सबै चिया बगान र प्रशोधन कारखाना बन्द गर्ने घोषणा गरेका हुन् ।

श्रम ऐनले तोके अनुसारको न्युनतम् ज्याला नदिएकाले यस्तो आन्दोलन गर्न बाध्य भएको अखिल नेपाल चिया मजदुर संघकी केन्द्रिय अध्यक्ष सीता सापकोटाले बताउनुभयो । 
a
सरकारले चिया बगानमा कार्यरत मजदूरको न्युनतम् ज्याला ३८५ रुपैयाँ तोकेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल चिया बगान श्रमिक संघका केन्द्रिय अध्यक्ष दिपक तामाङले सरकारले तोके अनुसारको ज्याला नपाएपछि बाध्य भएर कारखाना बन्द गर्ने निष्कर्षमा पुगेको बताउनुभयो । 

तामाङले मजदूरलाई ज्याला नदिने चिया उद्योगीलाई सरकारले जेल हाल्नु पर्ने माग समेत गर्नुभएको छ । देशभरका चिया बगानमा चिया टिप्ने सिजनमा ५० देखि ६० हजार मजदुरले काम गर्ने गरेका छन् भने नियमित रुपमा २५ हजार मजदुर चिया बगान र चिया उद्योगमा काम गरिरहेका छन् ।

झापामा मात्र २८ वटा सिटिसी चिया उद्योगमा कैयौं मजदुर कार्यरत रहेका छन् । उनिहरुले दैनिक ८ घण्टा काम गरेपनि दैनिक २७८ रुपैयाँ मात्र ज्याला पाईरहेको गुनासो गरेका छन् । 

Comments