• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
अन्तर्राष्ट्रिय
फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु
प्रकाशित मिति: आइतबार, भाद्र ३१, २०७५

एेजेन्सी । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

आँधीले फिलिपिन्सको उत्तरी क्षेत्रमा विध्वंश मच्चाएको छ । लुजोन द्विपलाई तहसनहस बनाएपछि म्याङ्खुट आँधी अब पश्चिम चीनतर्फ अघि बढेको छ । आँधीले फिलिपिन्सका कयौं घरका छाना उडाएको छ भने ४२ स्थानमा पहिरो गएको छ ।

आँधीसँगैको भारी वर्षाका कारण ५० लाख मानिस प्रभावित भएका छन् । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । १ सय ८५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीका कारण कमजोर संरचनाहरु ध्वस्त भएका छन् ।

आँधीकै कारण हवाई सेवाहरु अवरुद्ध हुनुका साथै बिजुली आपूर्ति बन्द भएको छ । मौसमविद्हरुले भारी बर्षा अझै केही दिन रहनसक्ने भएकाले सर्वसाधारणलाई सचेत हुन अपिल गरेका छन् ।

Comments