• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
धनकुटामा सडक आसपासको खालि जमिनमा फुलबारी निर्माण
प्रकाशित मिति: शुक्रबार, भाद्र २९, २०७५

धनकुटा । देशकै सफा सहर घोसित धनकुटा नगरपालिकाले आकर्षक नगरको रुपमा समेत बिकास गर्न सडक आसपासको खालि जमिनमा फुलबारी निर्माणको काम सुरु गरेको छ । 

धनकुटा नगरपालिकालाइ फुलबारीको सहरको रुपमा बिकास गर्न नगर क्षेत्र भित्रका सडक आसपासकाको खालि जमिनमा धनकुटा नगरपालिकाले फुलबारी निर्माणको कार्य सुरु गरेको हो । नगरपालिकाले स्थानिय बासिन्दा संगको सहकार्यमा फुलबारी निर्माणको काम सुरु गरेको हो ।

करिब ११ लाख रुपैया खर्चेर पहिलो चरणमा कोशि राजमार्ग अन्तरगत जिरो प्वाइन्ट देखि बसपार्क र सल्लेरी सम्मको करिब दुइ किलोमिटर भित्रका खालि जमिनमा फुल रोपिएको छ । त्यस्तै धनकुटा नगरपालिकाको पाहुना घर आसपार समेत निर्माण गरिएको छ ।

नगरपालिकाले यसलाइ बिकास गरेर केहि बर्ष भित्रमा धनकुटा नगरपालिकाको प्रबेश द्धार मुलघाट देखि त्रिसुले सम्मको करिब तिस किलोमिटर क्षेत्रमा बिस्तार गरिने नगरपालिकाका वाताबरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिनुभयो ।

Comments