• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
राष्ट्रिय
सुरक्षा पाउने भएपछी हत्याको छानबिन समितिमा फर्किए उपसचिव केसी
प्रकाशित मिति: बुधबार, भाद्र २७, २०७५

भाद्र २७ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसीले राजीनामा फिर्ता लिनुभएको छ । 

समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले बुधबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दे काममा फर्कने बताउनुभएको हो । उहाले समितिका संयोजकसहित भएको छलफलबाट वास्तविक दोषी पत्ता लगाउने सम्बन्धी मन्त्रालय र आफ्नो उद्देश्यमा एक मत भएकाले पुनः छानबिन कार्यमा फर्कने निर्णय गरेको बताउनुभयो ।

त्यस्तै उहाले सुरक्षाका बारेमा गृहमन्त्रालयलाई जानकारी गराएको र सुरक्षाको व्यवस्था गर्ने भनेपछि आफु काममा फर्केको बताउनुभयो । केसीले आफुलाई राजीनामा फिर्ता दिन कतैबाट दवाव पनि नआएको दाबी गर्नुभयो । आफूले छोड्दा अपराधी छुट्ने सम्भावना रहने भन्दै उहाले पुनः समितिमै रहेर काम गर्ने जानकारी पनि दिनुभयो ।

गृह मन्त्रालयले घटनाको अनुसन्धान गर्न आइतबार मात्रै समितिको म्याद १५ दिन म्याद थप गरेको छ । म्याद थपिएसँगै केसीले समितिबाट राजीनामा दिनुभएको थियो । भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

Comments