• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
अचेत भेटिएका वालक मृत घोषित
डिल्लीराज पन्त प्रकाशित मिति: बुधबार, भाद्र २७, २०७५

भाद्र २७ कञ्चनपुर, कञ्चनपुरको भिमदत्त नगरपालिका १८ भगतपुरमा एक जना वालक मृत अवस्थामा फेला परेका छन  । भिमदत्त नगर १८का १७ वर्षिय वालक प्रदिप बुधवार विहान कोठामा अचेत अवस्थामा भेटिएका हुन ।आफन्तले महाकाली अञ्चल अस्पताल पु्र्याए लगत्तै डाक्टरले वालक मृत घोषणा गरेको थियो ।

गएराति काका नाता पर्ने आफन्तकहा“ सुत्न गएका चौधरी विहान ७ वजे सम्म पनी नउठे पछि चौधरी सुतेकै कोठामा गई उठाउन खोज्दा अचेत र मुखमा र्याल बगेको अवस्थामा भेटाएको मृतककी आफन्त जुगडि चौधरीले जानकारी दिनुभएको छ ।

घटनास्थलमा प्रहरीले अहिले सिल गरेको छ भने शवलाई पोष्टमार्टमका लागी महाकाली अञ्चल अस्पतालमा राखिएको छ । सोधपुछका लागी भन्दै एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वलकको के कसरी मृत्यु भएको हो सो वारे अनुसन्धान र पोष्टमार्टम रिर्पोट पश्चात मात्रै भन्न सकिने कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले जानकारी दिनुभएको छ । 

Comments