• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
दमकका व्यावसायी पौडेलको हत्यामा संलग्न दोषिले उन्मुक्ति पाउदैन : कानुन मन्त्री कार्की
प्रकाशित मिति: बुधबार, भाद्र २७, २०७५

दमक २७ भाद्र ।  प्रदेश १ का आन्तरिक मामीला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनसंख्या र बिकासका क्रमहरु बढे सँगै  समाजमा अपराधका घटनाहरु पनि बढेको बताउनु भएको छ । 

गृह जिल्ला झापा स्थित आफ्नै निर्वाचन क्षेत्र गौरादहमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले पछिल्लो समय सामाजिक अपराधका शैलिमा समेत परिवर्तन आएको बताउनुभयो । उहाँले अपराधिक गतिविधिहरुलाई निरुत्साहित पार्ने गरि प्रदेश सरकारले रणनीति तयार गरिरहेको बताउनु भयो 

यसैगरि मन्त्री कार्कीलेले प्रदेश सरकार गठन भएदेखी हाल सम्म भए गरेको बिभिन्न काम तथा योजनाका बारेमा समेत जानकारी गराउनु भएको थियो । उहाँले दमक व्यावसायी पौडेलको अतिनै अमानविय तयारीकाले भएको हत्यामा संलग्न दोषिले उन्मुक्ति नपाउने बताउनु भयो ।

Comments