• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
राष्ट्रिय
दमकका एक ब्यवसायीको गौरीगन्जमा बिभत्स हत्या, यसरी भएकाे रहेछ हत्याकाे याेजना (भिडियाे सहित)
प्रकाशित मिति: मंगलबार, भाद्र २६, २०७५

दमक २६भाद्र । झापाको दमकका एक ब्यवसायीको बिभत्स हत्या भएको छ । झापा कमल गाँउपालिका वडा नं. ६ घर भइ दमक ६ मा ब्यवसाय गर्दै आएका खेमराज पौडेलको गौरीगन्जमा हत्या भएको हो ।

नेपाल भारत सिमा क्षेत्रमा उनको हत्या भएको हो । भारत नजिक रहेको गौरीगन्जको सिमा क्षेत्र देबीगन्ज भन्ने ठाँउ एकान्तमा लगेर उनको हत्या भएको बताइएको छ ।

उनि दमकमा कपडाको ब्यवसाय गर्दै आएका जनाईएको छ । पौडेल हिजोदेखि हराइरहेका थिए ।

इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक टेकेन्द्र पौडेलका अनुसार धारिलो हतियार प्रयोग गरि हत्या भएको देखिएको छ । ब्यवसायी पौडेलको बिभत्स अवस्थाम शव भेटिएको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताउनुभयो । 

Comments