• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
खेलकुद
साफ च्याम्पियनसिपमा बंगलादेशलाई २–० गोल अन्तरले हराएर नेपाल सेमिफाइनलमा
प्रकाशित मिति: आइतबार, भाद्र २४, २०७५

साफ च्याम्पियनसिप २०१८ को समूह ुएु अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २–० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ ।

नेपालका लागि विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए। बिमलले ३३ मिनेटमा र नवयुगले ८९ औं मिनेटमा गोल गरेर नेपाली टोलीलाई जित दिलाएका थिए ।

नेपालले सेमिफाइनल यात्राको लागि नेपाललाई जित्नै पर्ने आवश्यकता थियो। पाकिस्तानले आजै भएको खेलमा भुटानलाई ३–० ले हराएपछि नेपाललाई जित्नै पर्ने दबाब परेको थियो। नेपालसँगै पाकिस्तानले पनि सेमिफाइनलको यात्रा तय गरेको छ भने आयोजक राष्ट्र बंगलादेश र भुटान बाहिरिएका छन्।

Comments