• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
बिजनेस
नेपालका हिमतालको पानीलाई अन्तराष्ट्रिय बजारमा बेचिन्छ ; मन्त्री बिना मगर
प्रकाशित मिति: शुक्रबार, भाद्र २२, २०७५

बिर्तामाेड २२ भाद्र । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालका हिमतालको पानीलाई अन्तराष्ट्रिय बजारमा बेच्ने आफ्नो योजना रहेको बताउनुभएको छ ।

बिर्तामोडमा रहेको साना सहरी खानेपानी तथा उपभोक्ता संस्थाद्धारा निर्मित पानी प्रसोधन उपकरण सञ्चालनको उद्धघाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री मगरले आज यस्तो बताउनुभएको छ । उहाले नेपालमा खेर गईरहेका हिमाली जलश्रोतको सदुपयोग गर्दै बिदेशका बजारमा हिमतालका पानी बेच्ने बताउनुभयो ।

मन्त्री मगरले नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तराष्ट्रिय व्यापार संभावनाबारे अध्ययन सुरु गरिसकेको बताउँदै –‘एभरेष्ट वाटर’ को नामबाट त्यो पानीलाई अन्तराष्ट्रिय व्यापार गरि व्यापारबाट भित्रिएको रकम देशको विकासमा लगाउने योजना रहेको प्रष्ट पार्नुभयो । उनले हिमनदी र हिमतालबाट निस्किएको पानीलाई अन्तराष्ट्रिय करण गर्ने र प्रसोधित पानीको व्यवस्था देशभर गर्ने दुईवटा लक्ष्य र उद्धेश्य आफ्नो मन्त्रालयको भएको जानकारी गराउनुभयो ।

पहाड र हिमालका केहि बस्तीमा पानीको चरम समस्या रहेको तर्फ आफु गम्भिर भएको बताउँदै उहाले त्यस्ता क्षेत्रमा बोरिङ्को माध्यमबाट समस्या समाधानमा आफु लागेको प्रष्ट पार्नुभयो ।

Comments