• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
बिजनेस
नेपाल आयल निगमलाई आर्थिक भार थपिदै
प्रकाशित मिति: बुधबार, भाद्र २०, २०७५

काठमाण्डौ । अमेरिकी डलरसँग नेपाली मुद्राको अवमुल्यन र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपाल आयल निगमलाई आर्थिक भार थपिएको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० प्रतिशत सम्म बढेको छ भने अमेरीकी डलरसँग नेपाली मुद्रा क्रमशः कमजोर बन्दै गइरहको छ ।

कच्चा तेलको मूल्य प्रति ब्यारेल एक यूएस डलर मात्र बढ्दा पनि आयल निगमलाई मासिक १७ करोडको भार थपिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो । यस्तै अमेरिकी डलर १ रुपैयाँले मात्रै महङ्गो हुँदा पनि निगमलाई मासिक १५ करोड थप भार पर्ने उहाँले बताउनुभयो ।

ईण्डियन आयल कर्पाेरेशनबाट गत १६ गते प्राप्त नयाँ मूल्य सूचीपछि मासिक ६४ करोड रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ । हाल १ लिटर पेट्रोलमा १ रुपैयाँ ११ पैसा र डिजेलमा २ रुपैयाँ ८४ पैसा घाटा व्यहोर्नुपरेको निगमले जनाएको छ ।

यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डिर ३ सय ३१ रुपैयाँ ९१ पैसा नोक्सान हुने गरेको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराइले जानकारी दिनुभयो । डिजेल र एलपी ग्यासले मात्रै १५ दिनमा झण्डै ५९ करोड घाटा हुने देखिएको निगमको दाबी छ ।

एलपी ग्यासको घरेलु र व्यवसायिक खपतलाई व्यवस्थित गर्न सरकारले यसअघि नै गर्ने भनेको रातो र निलो रगको सिलिण्डिर प्रयोगलाई लागू गर्ने तयारी गरीरहेको निगमले जनाएको छ । यसका लागि एलपी ग्यासको घरायसी र व्यवसायीक खपतको परिमाण उद्योगीहरुसँग मागेको भट्टराईले जानकारी दिनुभयो ।

Comments