• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
खेलकुद
एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टोली श्रीलंका प्रस्थान
प्रकाशित मिति: सोमबार, भाद्र ४, २०७५

भाद्र ४ । आगामी भदौ १३ देखि २१ सम्म मलेसियामा हुने एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज श्रीलंका प्रस्थान गरेको छ । 
श्रीलंकामा १० दिन रहँदा नेपालले तीन अभ्यास खेल खेल्नेछ ।

श्रीलंका प्रस्थान गर्नुअघि नेपाली टोलीलाई संघीय संसदका सभामुख कृष्णबहादुर महराले आज बिहान आफ्नो सरकारी निवासबाट बिदाई गर्नु भएको हो । उहाले क्रिकेटले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेकोमा खुसी व्यक्त गर्दै अझै राम्रो प्रदर्शनका लागि शुभकामना समेत दिनु भयो ।

नेपाली टिममा १४ खेलाडी सहित २० सदस्यसीय टोली श्रीलंका गएका हुन् । हाल सीपीएल खेलिरहेका सन्दीप लामिछाने भने उतैबाट भदौ १२ गते मलेसिया आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले जनाएको छन् । नेपालले श्रीलंकामा श्रीलंकामा एक साताको अवधीका नेपालले स्थानीय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ ।

नेपालले अगष्ट २२ मा आर्मी क्रिकेट टिम, २४ मा ब्लुमफिल्ड र २६ मा कोल्ट क्रिकेट टिमसँग अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली उतैबाट अगष्ट २७ मा मलेसिया जानेछ । नेपालले अगष्ट २९ मा ओमानसँग खेल्दै एसिया कप छनोट सुरु गर्नेछ ।

एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागि टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ ।

छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।

Comments