• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • उपसचिब प्रेम संजेल कार्यालय हाजिर भए
  • ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
  • प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धान्जली
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
बिजनेस
अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५

गाैरादह । विद्युतसँग सम्बन्धित कुनै समस्या आए झापाको पश्चिम दक्षिणी भेगका सर्बसाधारण दमक आउनुपर्ने बाध्यता थियो ।

तर अब त्यो बाध्यता भदौ १ गतेबाट हट्ने भएको छ । झापाको गौरादहमा रहेको नेपाल विद्युत प्राधिकरण उपशाखा कार्यालय आगामी भदौ १ गतेबाट शाखा कार्यालयमा स्तरोन्नती हुने भएपछि यस्तो समस्या हट्ने भएको हो । हाल गौरादहमा रहेको उपशाखाबाट बिद्युत महशुल बुझाउने काम मात्रै हुदै आएको थियो ।

अब भने मिटरका लागि आवेदन दिने देखि कुनै कामका लागि दमकको आदेश पर्खनुनपर्ने भएको छ । करिब ५ बर्ष अघि गौरादह डिपु चोक नजिकै हाल नगरपालिकाको कार्यालय रहेको भवन छेउमै सो उपशाखा स्थापना गरिएको थियो ।

उपशाखाबाट शाखा कार्यालयका रुपमा स्तरोन्नती भएपछि तल्लो भेगका सर्बसाधारणले अहिले खेप्दै आएका बिद्युतसँग सम्बन्धित धेरै हैरानी क्रमश हट्दै जाने पूर्व सांसद तथा गौरादहका स्थानीयवासिन्दा दिपक कार्कीले जानकारी दिनुभएको छ । 

Comments