• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि सुरु,
  • दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला, सवै काउण्टरबाट दशै लक्षित टिकट लिन सकिने
  • तनहुमा आज बिहान भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु, ८ जना घाईते
  • मूल्य बृद्धिको बिरोधमा अनेरास्वबियुद्वारा आज काठमाडौंमा प्रर्दशन
  • संसदीय विकास तथा प्रविधी समितिले राष्ट्रिय गौरवका आयोजनाका बिषयमा सरकारसंग जानकारी माग
मोफसल समाचार
संखुवासभामा वर्षाका कारण ४ घर परिवार पहिरोको उच्च जोखिममा
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५

 संखुवासभा २९ साउन । संखुवासभाको चैैनपुर नगरपालिका २ चित्लाङ्गमा वर्षाका कारण ४ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन । 

धन्सार हुँदै चित्लाङ्गजाने मोटरबाटो पहिरोले तानेको छ । जसका कारण घनश्याम गौतम, हरिनारायण गौतमको घर उच्च जोखिममा छ ।

पहिरोले हेमलाल गौतम र दिनेश गौतमको घर पनि क्षति पुर्याएको भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक माधवप्रसाद गौतमले जानकारी दिए । चैनपुरमा रहेको बाल मन्दिरको वाल समेत पहिरोले तानेको छ ।

सडक आवत जावतमा समस्या भएको छ । सडकमा आवतजावत गर्न स्थानीय र विद्यार्थीलाई समस्या भएको बाल मन्दिरका शिक्षिका ववि श्रेष्ठले बताउनु भयो । 

Comments