• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
मोफसल समाचार
झापाको दमक २ मा जंगली हात्तीकाे उपद्रो
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५

दमक २५ साउन । झापाको दमक २ स्थित भाङबारीमा गएराती जंगली हात्तीले उपद्रो मच्चाएको छ ।

 हम्सेदुम्से सामुदायीक वनबाट आएको हात्तीले एउटा घर र एउटा गोठमा क्षती पुर्याउनुका साथै अन्नपात खाएको छ ।

सोही स्थानका रबी चन्द्र भट्टराईको घरको झ्याल फुटाएर घरमा राखिएको मकै खाएको छ भने बल्लभमणी सापकोटाको गोठको पर्खाल भत्काएर ५ बोरा मकैको मिठो खाएको स्थानीय हरि भट्टराईले जानकारी दिनु भयो ।

त्यसैगरी सोही स्थाका पर्शुराम भट्टराईको उखुबारीमा समेत हात्तीले क्षती पुर्याएको छ  ।

राती करिब साडे एक बजे बस्तीमा पसेको हात्तीलाई स्थानीयवासीले करिब ४ घण्टा पछि हाम्से दुम्से सामुदायिक बन तर्फ नै लखेटेको बताईएको छ । 

Comments