• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
राष्ट्रिय
भोजपुरमा महिला सञ्जालले संगठन प्रतिकाे भ्रामक अभिव्यक्ती बिरुद्ध पत्रकार सम्मेलन
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५

भोजपुर २५ साउन । भोजपुरमा क्रियाशिल दुई महिला सञ्जालले आफ्नो संगठन प्रति भ्रामक अभिव्यक्ती दिएको भन्दै पत्रकार सम्मेलन गरेका छन् ।

एक महिलाको आत्माहत्याको विषयलाई लिएर उजुरी दिँदा समेत जिल्लामा क्रियाशिल महिला सञ्जालले सहयोग नगरेको कारण ती महिलाले आत्माहत्या गर्न वाध्य भएको भनि गलत प्रचार प्रसार भएको भन्दै प्रेश विज्ञप्ती मार्फत गम्भिर ध्यानकर्षण भएको जनाएका हुन् ।

जनमानसबाट महिला अधिकारकर्मी तथा महिला सञ्जाल माथी नै गलत आक्षेप लाग्ने खालका अभिव्यक्ती दिइएको भन्दै अन्तरपाटी महिला सञ्जाल र महिला मानव अधिकार रक्षक सञ्जालले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

एउटी महिलाले घरेलु हिंसाको कारण आत्माहत्या गरेको घटनाले स्तव्ध वनाएको भए पनि लिखित तथा मौखिक रुपमा उजुरी नआउदा महिला सञ्जालले मृतक महिलाको विषयमा सहजीकरण गर्न नसकेको पत्रकार सम्मलेल मार्फत जानकारी दिएको छ ।

यस अघि मृतक महिला तथा पीडित परिवारको तर्फमा महिला सञ्जालमा कुनै पनि उजुरी नपरेको अन्तरपार्टी महिला सञ्जालकी कार्यवाहक अध्यक्ष अनिशा खड्काले जानकारी दिनुभएको छ । गत साउन २२ गते पारिवारिक झै झगडाको कारण एक महिलाले आत्माहत्या गरेका थिईन् ।

Comments