• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
तामाकोशी जलविद्युत आयोजनाको शेयर आवेदन दिने समय एक साता थप
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५

दोलखा २५ साउन । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारण शेयर आवेदन दिने समय एक साता थप गरिएको छ । दोलखा घर भई काठमाण्डौंमा बस्दै आएका सर्वसाधारणका लागि गत साउन १६ गतेदेखि आवेदन खुल्ला गरिएको थियो ।

इच्छुकको संख्या अत्यधिक भएपछि आवेदन भर्ने समय एक साता थप गरिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो । आवेदन भर्नका लागि दोलखामा रहेका जिल्लाबासीका लागि भदौ १४ गते र काठमाडौंबासीका लागि आजसम्मको समयावधि तोकिएको थियो ।

समयावधि थपिएपछि काठमाडौंवासीले अब भदौ १ गतेसम्म आवेदन दिन पाउनेछन् । अहिलेसम्म ४५ हजार बढीले आवेदन भरेको र झण्डै १ अर्ब रुपैयाँ संकलन भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

आयोजनाले स्थानीयवासीका लागि एक अर्ब पाँच करोड ९० लाख बराबर अर्थात १० प्रतिशत शेयर खुला गरेको हो । यसलगत्तै अन्य सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी आयोजनको छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको सो आयोजनाको ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । कुल ४ सय ५६ मेगावाट क्षमताको आयोजनाले आगामी चैतसम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । हालसम्म आयोजना निर्माणका लागि ३९ अर्बभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ । 

Comments