• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
स्वास्थ्य
वी.पी. प्रतिष्ठानले धरानको छाताचौकमा १०० शैयाको अस्पताल बनाउने
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०७५
धरान । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचौकमा रहेको करिव १ विघा १४ कठ्ठा जग्गामा १०० शैयाको अस्पताल सेवा विस्तारको तयारी शुरु गरेको छ । 
सरोकारवालाहरुसंग आवश्यक समन्वय गरी अस्पताल सेवा विस्तारका लागि अनुकुल वातावरण बनाउन प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारले प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएपछि औपचारिक रुपले अस्पताल सेवा विस्तारको तयारी शुरु भएको हो । जिम्मेवारी पाएपछि तामाङले पुरानो अस्पतालको नामले चिनिने सो स्थानको स्थलगत निरीक्षण गरी विगतमा जिल्ला जनस्वस्थ्य मातहतमा रहेको हाल स्थानीय तहमा समायोजन भएको स्वस्थ्य चौकी र यस अन्तर्गत सञ्चालित ५ शैयाको बर्थिङ सेन्टर, पुनस्र्थापना गृह, ५ सुकुम्वासी परिवार, सवारी पार्किङ, प्रतिष्ठानकै चिकित्सकहरुवाट सञ्चालित मृगौला रोग सम्बन्धि केएचडीसी कार्यक्रम, नगरस्तरीय वातावरण समन्वय समिति, प्रतिष्ठानको आवास, अन्य जीर्ण भवन लगायतको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाले प्रतिष्ठानको योजनाबारेमा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी, प्रमुख कार्यकारी अधिकृत सुमन घिमिरे र वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडासंग पनि छलफल गर्नुभएो छ । । 
 
Comments