• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
गोक्यो हिमतालमा डुवेर बेपक्ता भएका एकजना विद्यार्थीको शव फेला
प्रकाशित मिति: बुधबार, साउन २३, २०७५

सोलुखुम्बु २३ साउन । सोलुखुम्बुको गोक्यो हिमतालमा डुवेर बेपक्ता भएका तिन जना विद्यार्थी मध्ये एकजनाको शव भेटिएको छ ।काठमाण्डौबाट आएको शसस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको मध्ये एक जनाको शब निकाल्न सफल भएको हो ।

शसस्त्र प्रहरीको गोताखोर टोलीले गतशनिबार पौडि खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थी पेम्बानुरु शेर्पाको शब निकालेको हो ।

आज बिहान ९ः४५ देखि खोजीकार्य सुरु गरेको टोलीले मध्यन्ह १२ बजे तीर पेम्बाको शब निकालेको सोलुखुम्बुका प्रहरी निरिक्षक हरणकुमार यादवले जानकारी दिनुभयो । अझै बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खुम्जुङ माध्मीक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरु शैक्षिक भ्रमणमा जाँदा तीन जना विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका थिए ।

Comments