• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
हेटौंडाको एक फिल्म हलमा आगलागी, क्षतीकाे बिवरण अाउन बाकी
प्रकाशित मिति: बुधबार, साउन २३, २०७५

हेटौंडा २३ साउन । प्रदेश नम्बर ३ को राजधानी सहर हेटौंडाको एक फिल्म हलमा आगलागी भएको छ  । आज विहान हेटौँडा उपमहानगरपालिका वडा नं ४ स्थित ओक्याक्स सिनेमा हलमा आगलागी भएको हो ।

बिहान एक्कासी हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । आगोलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको ठुलो टोली पुगिसकेको छ ।

घटनास्थलमा पुगेको प्रहरीको टोलील हलको भित्री भागमा बिजुली सर्ट भएपछि आगलागी भएको जनाएको छ । तर आगो नियन्त्रणमा आइनसकेकाले यसबारे विस्तृत विवरण बुझ्न समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रत्यक्ष दर्शीका अनुसार फिल्म हल पूर्ण रूपमा क्षति भएको छ । नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । 

Comments