• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
भारतद्वारा नेपाली भूमिमा सडक निमार्ण स्थलको क्रान्तिकारीद्वारा स्थलगत अनुगमन
डिल्लीराज पन्त प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५

कञ्चनपुर ,२२ साउन । भारतीय पक्षले नेपाली भूमिमा निर्माण गरेको सडकको तत्तकालिन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको टोलीले स्थलगत अनुगमन गरेको छ । मंगलबार अखिल क्रान्तिकारी कञ्चनपुरको टोलीले सडकको स्थलगत अनुगमन अध्ययन एव अवलोकन गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव किशोर भट्टले भारतीय पक्षले नेपाली भूमिमा सडक निर्माण गरिरहेको विषय संचारमाध्यममा आएपछि स्थलगत अवलोकन गरेको बताए । 
उनका अनुसार क्रान्तिकारी कञ्चनपुरले भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथ, स्थानीय प्रहरी र जनता सहितको उपस्थितीमा अवलोकन गरिएको छ ।

क्रान्तिकारी कञ्चनपुरले भारतीय पक्षले सडक विस्तार गर्ने बहानामा नेपाली भूमि अतिक्रमण गर्नका लागि सडक विस्तार गरेको निष्कर्ष निकालेको बताए । ‘उता भारतकै भूमिमा सडक निर्माण भईरहेको विषय ठिकै हो, ‘उनले भने, ‘टनकपुर बाँध निर्माण गर्दा हराएको ३ नम्बर पिलर यता नेपालकै भूमि हो, भारतीय पक्षले पिलर वारीसम्म जबरजस्ती सडक निर्माण गरेको छ, त्यो नेपालकै भूमि हो, यो भूमि हामी कदापी मिचिन दिदैनौँ ।’ अखिल क्रान्तिकारी कञ्चनपुरका कोषाध्यक्ष सुरेश जोशीले सीमा अतिक्रमण क्रान्तिकारीलाई कुनैपनि हालतमा मान्य नहुने बताएका थिए । 

अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष एव अखिल क्रान्तिकारीका प्रवक्ता सिके भट्टले भारतले नेपाली भूमिमा सडक निर्माण गर्नु हाम्रो राष्ट्रियतामा प्रहार गरेको बताए । ‘यो कार्य नेपाल सरकारको सहमती बिनै भएको हामीले बुझेका छौँ, ‘उनले भने, ‘यसलाई रोक्न हामी पुनः भारत सरकारसंग जोडदार माग गछौँ ।’  

अखिल क्रान्तिकारी कञ्चनपुरले भारतले सीमावर्ती क्षेत्रको आफ्नै भूमिमा कुनैपनि संरचना निर्माण गर्नका लागि नेपाल सरकारको सहमती लिनुपर्ने बताउदै सहमती बिनै फेरी नेपालकै भूमिमा संरचना निर्माण गर्नु निन्दनिय काम भएको दावि छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेब बजारमै पुग्ने गरि भारतीय पक्षले सडक विस्तार गर्न लागेपछि स्थानीयले त्यसको बिरोध गरेका छन् । भारतीय पक्षले आफ्नै भूमि भएको दावि गर्दैै टनकपुर ब्यारेजदेखि ब्रम्हदेब बजारसम्म झण्डै १३ सय ५० मिटर सडक विस्तार गर्न लागेको स्थानीयले बताएका छन् । भारतीय पक्षले आफ्नै भूमि भएको दावि गरेपनि नेपाली पक्षले बाँधको सिँटी अर्थात ३ नम्बर पिलरवारी नेपालकै भूमि भएको दावि गरेको छ ।  

भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले भारतीय पक्षले एकलौटी ढङले नेपाली भूमिमा सडक विस्तार गरेको बताएका थिए । उक्त सडकको आफुले स्थलगत अनुगमन गरेको बताउदै वडाध्यक्ष नाथले नेपाली पक्षको सहमतीबिनै एकलौटी ढङगबाट भारतीय पक्षबाट भईरहेको संरचना निर्माण रोक्न समेत माग गरेका छन् । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकाले सडक विस्तारका लागि नेपाली पक्षसंग कुनै सहमती नभएको बताएका थिए ।  प्रमुख जिल्ला अधिकारी खडकाले सीमा सुरक्षा बल मार्फत भारतीय पक्षलाई संयुक्त सीमा सर्वे टोली अनाउन्जेलसम्म काम रोक्न पत्रचार गरेको बताए । भारतीय पक्षलाई काम रोक्न पत्रचार गरेपछि सडक निर्माणको काम नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खडकाको दावि छ ।

स्थानीयले भने नेपाली भूमि हडप्नका लागि भारतीय पक्षले एकलौटी दादागिरी हेपाह प्रवृती शैलीमा गरेको कामको बिरोध गर्दै रोक्न माग गरेका छन् ।

Comments