• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
मोफसल समाचार
संघीय लिम्बुवान पाटीकाे बन्दका कारण इलामको जनजिवन प्रभावित
प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५

ईलाम २२ साउन । संघीय लिम्बुवान पाटीले आज गरेको पूर्वाञ्चल बन्दका कारण इलामको जनजिवन प्रभावित भएको छ ।

बन्दका कारण आज विहानै देखि इलाम बजार बन्द रहेको छ भने यातायातका सवारी साधनहरु समेत संचालनमा आउन सकेका छैन । यातायातका सवारी साधनहरु संचालनमा आउन नसक्दा विशेष कामले घरबाट बाहिर निश्केका सर्वसाधारणहरु विच बाटोमा नै अलपत्र परेका छन ।

आफ्नो जातिय पहिचानका आधारमा राज्य निर्धारण हुनुपर्ने माग गर्दै आएको पार्टीले प्रत्येक वर्षको साउन २२ गतेलाई कालो दिनका रुपमा विरोध जनाउदै आएको छ ।

विक्रम सम्बत १८३१ श्रावण २२ दिन लिम्बुहरुको किपट खोसिएको र केन्द्रीय शासन लादिएको भन्दै पार्टीले विरोध जनाउदै आएको छ । पार्टीले संविधान पुर्नरलेखनको माग समेत उठाउदै आएको छ ।

Comments