• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
विराटनगर जुटमिल्स संचालक समिति अध्यक्षको विवाद सतहमा
प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५

 विराटनगर । विराटनगर जुटमिल्स संचालक समिति अध्यक्षको विवाद सतहमा आएको छ ।  जुटमिल्सको आधिकारिक अध्यक्ष दावी गर्दै पक्ष–विपक्षले वक्तव्यबाजी र पत्रकार सम्मेलन नै गरेपछि विवाद छताछुल्ल भएको हो ।


गत साउन १६ गते अध्यक्ष वसन्त वनले पत्रकार सम्मेलन गरी मुकुन्द प्रसाद नेपाल पक्षमाथि विभिन्न दोषारोपण गर्नुभएको थियो । त्यसको झण्डै १ हप्ता पछि मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफू अध्यक्ष रहेको दाबी गर्दै मुकुन्द नेपाल पक्षधरले वनमाथि विभिन्न आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै जुटमिल्सका संचालक समिति सदस्य फूलकुमार लालबानीले गत वैशाख २० गतेदेखि नै वसन्त वन पदमा नरहेको भएपनि जालसाँजी र किर्ते गर्न थालेको आरोप लगाउनु भयो । 
नेपाल पक्षले सरकारको शेयर ६८ प्रतिशत कायम भइनसकेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै लालबानीले जुटमिलको कुनै पनि पदमा नरहेको मानिसले ६८ प्रतिशत शेयर कायम गरे भन्नु अचम्मित भएको बताउँदै प्रक्रियामा नआइसकेको कारण सरकारको शेयर अझै ४६ प्रतिशत मात्रै रहेको जिकिर गर्नुभयो ।  

नेपाल सहित, पूर्वअध्यक्ष निलहरि काफ्ले र लालबानीले गरेको पत्रकार सम्मेलनमा जुटमिल्सको आधिकारिक संचालक समिति अध्यक्ष मुकुन्द प्रसाद नेपाल रहेको दाबी पनि गरेको छ । 


 

Comments