• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
मोफसल समाचार
क्यान्सरबाट पीडित विराटनगरका रामेश्वर विक्रम थापाद्धारा सहयोगको याचना
प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५

बिराटनगर २२ साउन । विराटनगर–४ का रामेश्वर विक्रम थापाले आफू क्यान्सरबाट पीडित भएको भन्दै सहयोगको याचना गर्नुभएको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै थापाले आफू लङ्स क्यान्सरदेखि ब्रेन क्यान्सर जस्तो प्राणघातक र जटिल रोगबाट पीडित भएको भन्दै सहयोगको याचना गर्नुभएको हो ।

विभिन्न रानजीतिक आन्दोलनमा सहभागी हुँदै यहाँसम्म आएको भएपनि हाल रोगले ग्रस्त बनाउँदा कसैले सहयोग नगरेको उहाँले बताउनु भयो । उपचार गराउँदा गराउँदै आफूले ३५ लाख खर्च गरिसकेको र हाल सडकमा आउने अवस्था रहँदा पनि अझै ५ लाख रुपैयाँ उपचारका लागि चाहिने डाक्टरको भनाइ रहेको थापाको गुनासो छ ।

प्रधानमन्त्री कार्यालयका साथै गृहमन्त्रालय र १ नम्बर पदेश सरकारलाई आफ्नो रोग र उपचारमा भएको समस्याको विषयमा निवेदन दिएको ४ महिना वितिसक्दा पनि केही सहयोग नभएको थापाले बताउनु भयो । थापाले आफू जस्ता थुप्रै पीडितहरुको कुरा सुन्न र लोककल्याणकारी राज्यको प्रत्याभूत गराउन सरकारसँग माग पनि गर्नुभयो ।

Comments