• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग नयाँ प्रतिबन्धको घोषणा गर्ने
प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५

 अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट हटेपछि नयाँ प्रतिबन्धको घोषणा गर्ने भएका छन् ।

नयाँ प्रतिबन्ध अटोमोबाइल क्षेत्रसँगै इरानको सुन र बहुमुल्य धातुको व्यापारमा सम्बन्धित छ । आर्थिक दबाबका कारण इरान नयाँ सम्झौताका लागि तयार हुने र आणविक गतिविधि रोक्ने ट्रम्पको विश्वास छ ।

अमेरिकी राष्ट्रपतिले प्रतिबन्ध उल्लंघन गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन् । यता इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी कदमलाई मनोवैज्ञानिक युद्धको संज्ञा दिएका छन् ।

सरकारी टेलिभिजनमा सम्बोधन गर्दै रुहानीले अमेरिकासंग तत्काल वार्ताको सम्भावना नभएको भन्दै कूटनीति र वार्ताको पक्षमा रहे पनि यसमा इमान्दारिता जरुरी रहेको बताएका छन् ।

सन् २०१५ मा इरानसँग गरिएको उक्त सम्झौताका अरु हस्ताक्षरकर्ता मुलुकहरु रुस, चीन, बेलायत, फ्रान्स र जर्मनीले भने अमेरिकी कदमको आलोचना गरेका छन् । उनीहरुले सम्झौता अनुसारको भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त सम्झौता अनुसार इरानले विवादित परमाणु गतिविधि नियन्त्रण गर्ने र यसको बदलामा उमाथिको प्रतिबन्ध खुकुलो पार्ने लगायतका प्रावधान थिए । इरानले आफ्नो आणविक कार्यक्रम शान्ति पूर्ण उद्धेश्यका लागि भएको दाबी गर्दै आएको छ ।

Comments