• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
गोक्यो तालमा डुबी बेपत्ता भएका तीन बालकको अवस्था अझै अज्ञात
प्रकाशित मिति: मंगलबार, साउन २२, २०७५

साेलुखुम्बु २२ साउन । सोलुखुम्बुको गोक्यो तालमा पौडी खेल्ने क्रममा गत शनिवार बेपत्ता भएका तीन बालकको अवस्था अझै अज्ञात छ ।

शैक्षिक भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालयका पेम्बादोर्जी शेर्पा, पेम्बानुरु शेर्पा र सुनिल बराईली छन् ।

उनीहरु कक्षा ९ मा अध्ययनरत छन् । शैक्षिक भ्रमणका लागि गएका उनीहरु नुहाउने क्रममा शनिबार बिहान आठबजेतिर तालमा डुबेका थिए ।

विद्यालयबाट शुक्रबार अध्ययन भ्रमणका लागि ३३ जनाको टोली गोक्यो गएको थियो ।

बेपत्ताको खोजी निरन्तर जारी राखेपनि अवस्था थाहा पाउन नसकिएको सोलुखुम्बु जिल्ला प्रहरीका डीएसपी रेशमबहादुर पराजुलीले बताउनुभयो ।

नेपाली सेना, प्रहरी र स्थानीयले खोजी जारी राखेका छन् । मौसम सफा रहेकाले आज बिहानैदेखि खोजी थालिएको परााजुलीले बताउनुभयो ।  

Comments