• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालकको हत्या
प्रकाशित मिति: सोमबार, साउन २१, २०७५

काठमाडौं  २१ साउन, । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका  ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । भक्तपुरकाे ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो ।

सोमबार दिउँसो १२ बजे खड्काको शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे । महानगरीय आयुक्तको कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेका अनुसार बच्चाको शवलाई पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको छ ।

उनले बालकको हत्या आइतबार साँझै भएको हो या सोमबार मात्रै भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेका थिए ।

Comments