• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
जोमसोम हिडेकाे यात्रुबहाक बस पर्वतको बेतेनीमा दुर्घटना, १९ जना घाइते
प्रकाशित मिति: सोमबार, साउन २१, २०७५

२१ साउन । जोमसोमका लागि छुटेको यात्रुबहाक बस पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पर्वतको बेतेनीमा दुर्घटना भएको छ । 

आज विहान ७ बजे पोखराबाट जोमसोमका लागि छुटेको ग १ ख ५५९८ नम्बरको यात्रुबहाक बस बिहान साढे ९ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा १९ जना घाइते भएका छन् ।  पोखरा–बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडकबाट खसेको थियो ।

दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतबाट सुरक्षाकर्मीको टोली पुगेर उद्धार गरेको थियो ।

घटनामा गम्भीर घाइते ६ जनालाई आकस्मिक उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ भने सामान्य घाइते १३ जनालाई जिल्ला अस्पताल पर्वतमा पठाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Comments