• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
अबिरल वर्षाका कारण उपत्यकाका केही क्षेत्र डुबानमा
प्रकाशित मिति: सोमबार, साउन २१, २०७५

२१ साउन । अबिरल वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानले बढी प्रभावित भएका छन् ।

शान्तिनगरका १५–२० घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन घर डुबेको र केही घर जोखिममा परेका छन् । ललितपुरको सैंबु भैंसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टरमा पनि पानी पसेको छ ।

स्थानीय प्रहरीको सहयोगमा सपिङ सेन्टरका सामानहरु सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिनु भयो । ललितपुरको गोदावरी खोला किनारका केही क्षेत्र पनि डुबानको खतरा रहेकाले सतर्कता अपनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार ललितपुरकै लाँकुरी भञ्ज्याङ, भट्टेडाँडालगायत क्षेत्रका सडकमा पहिरो झरेर बाटो अवरुद्ध छ । मौसम विज्ञान बिभाग अन्तर्गतको बाढी सूचना केन्द्रले दिएको जानकारी अनुसार बाग्मती–खोकना बाढी केन्द्रमा पानीको बहाव सतर्कता तहभन्दा माथि  छ र यो बढ्दो क्रममा छ ।

त्यसैले काठमाडौं, ललितपुर र भक्तपुरका होचा भूभाग डुबानमा पर्न सक्ने भएकाले सतर्क रहन केन्द्रले अपिल गरेको छ । यसैगरी काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा पनि पानीको बहाव बढ्दो क्रममा छ ।

Comments