• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
बिजनेस
पर्यटकीय स्थल सौराहा पर्यटनका लागि अब्बल बन्दै
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०७५

चितवन । नेपालको पर्यटकीय गन्तव्य सौराहाको पर्यटन अब्बल बन्दै गएको छ ।  २०७२ सालको भूकम्प, २०७४ सालको बाढी र नारायणगढ–मुग्लिन सडकखण्डको सवारी अवरोधका कारण समस्यामा परेको सौराहाको पर्यटन लयमा फर्किएको छ ।

दुर्लभ वन्यजन्तु हेर्न पाइने भएकाले नेपालकै सफारी पर्यटनमा उत्कृष्ट गन्तव्य सौराहा बनेको छ । वन्यजन्तुमा आधारीत पर्यटकीय स्थल सौराहामा हात्ती, डुंगा तथा जीप सफारी गरी वन्यजन्तुको अवलोकन पर्यटकको लागि मुख्य आकर्षण बनेको छ ।

विश्व संरक्षण सूचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज, यहाँको जनावर, पंक्षीमा पर्यटन जोडिएको छ । सौराहामा विदेशी पर्यटकहरुमात्र होइन स्वदेशी पर्यटकहरु पनि प्रशस्त पुग्ने गरेका छन् । सौरहाका होटल व्यवसायीहरुका अनुसार पछिल्लो समय त्यहाँको व्यवसाय अन्तरिक पर्यटकले धान्न थालेका छन् ।

हात्ती चढेर जंगल घुम्नु र जनावर हेर्नु, निकुञ्जमा जीप सफारी गरेर दृष्यावलोकनमा रमाउनु, डुंगा चढेर मनोरञ्जन लिनु, सूर्यास्त अवलोकन गर्नु सौराहाको विशेषता हो । २०२९ सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि २०३२ सालमा पर्यटनसम्बन्धी गतिविधि सौराहामा सुरु भएको पाइन्छ ।

२०३७ सालबाट सौराहामा पर्यटन व्यवसाय सुरु भएको थियो । २०४२ सालबाट औपचारीक रुपमा व्यावसायिक रूपमा थालिएको पर्यटन व्यवसाय अहिले निकै फस्टाउँदै गएको छ । सौराहामा प्रत्यक्ष अप्रत्यक्ष गरी १० हजार भन्दा बढीले रोजगारी पाएका छन् ।

Comments