• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
मुलुककै पुरानो र ऐतिहासिक विद्यालय दरबार हाइस्कूल पुनःनिर्माणका लागी शिलान्यास
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०७५

काठमाण्डौ १८ साउन । चीन सरकारको सहयोगमा पुनःनिर्माण हुन लागेको मुलुककै पुरानो र ऐतिहासिक विद्यालय दरबार हाइस्कूलको शिल्यानाश गरिएको छ । 

काठमाडौंमा आज आयोजित कार्यक्रमका बिच शिक्षामन्त्री गिरिराजमणी पोखरेल र नेपालका लागी चीनीया राजदूत यु होङले संयुक्त रुपमा सो बिद्यालयको शिल्यानाश गर्नुभएको हो । चीन सरकारको सहयोगमा चीनकै प्राविधिaकले २०७२ सालको बिनासकारी भूकम्पले क्षति र्पुयाएको सो विद्यालय भवन भत्काएर नयाँ बनाउन लागिएको हो । भवन निर्माण भएको २० महिनामा सम्पन्न गर्ने गरि चीन सरकारले निर्माणको जिम्मा लिएको हो ।

शिल्यानाश कार्यक्रममा मन्त्री पोखरेलले बिनासकारी भूकम्पपछि चीन सरकारले गरेको पुननिर्माणको प्रसंसा गर्दे निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । बिद्यालय निर्माणको क्रममा पुननिर्माण प्राधिकरण , बिद्यालय प्रशासन लगाएतसंग निरन्तरण सहकार्य गर्दे सरकार अघि बढ्ने उहाले बताउनुभयो । उहाले चीन सरकारबाट नेपाललाई प्राप्त सहयोगले समृद्ध राष्ट्र सुखी नेपालीको नारा सफल बनाउन मद्धत पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

४२ सय स्क्वायर फिटमा निर्माण हुन लागेको बिद्यालयमा ४० भन्दा बढि कक्षाकोठा रहने जनाइएको छ । जङ्गबहादुर राणाले बेलायत भ्रमणपछि राणा खानदान र भाइभारदारहरुलाई पढाउनको लागि बिक्रम सम्वत १९१० मा यो विद्यालय स्थापना गरेका थिए । २०२४ सालमा यसलाई दरबार हाइस्कूलबाट भानु मावि नामाकरण गरिएको थियो । चिनियाँ सरकारले भूकम्प प्रभावित ४ जिल्लाका ७ विद्यालय बनाइदिने पुननिर्माण प्राधिकरणसँग सहमति गरेको थियो ।

Comments