• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
अन्तर्राष्ट्रिय
जिम्बाब्बेमा राष्ट्रपति चुनावपछि भएको प्रदर्शनका क्रममा ३ जनाको मृत्यु
प्रकाशित मिति: बिहीबार, साउन १७, २०७५

 

एजेन्सी । जिम्बाब्बेमा राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनका क्रममा ३ जनाको मृत्यु भएको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको हो । विपक्षी गठबन्धन एमडीसीले प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेर पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको जस्तै तानाशाह शैली अपनाएको आरोप लगाएको छ ।

तर राष्ट्रपति इमरसन मनंगाग्वाले हिंसा भड्कनुमा स्वयं विपक्षी दल जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । जिम्बाब्बेमा ३७ वर्ष शासन गरेका रोबर्ट मुगाबे सत्ताच्युत भएपछि सोमबार पहिलोपटक निर्वाचन भएको थियो । निर्वाचनको परिणाममा सत्तारुढ दल जानु–पीएफ पार्टीले फराकिलो अग्रता बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तर, विपक्षी गठबन्धन एमडीसीले चुनावको स्वच्छतामाथि प्रश्न उठाएको छ । जानु–पिएफका उम्मेदवार नभएर आफ्ना उम्मेद्वार विजयी भएको दाबी उसको छ । विपक्षी गठबन्धनबाट नेल्सन चामिया मैदानमा छन् ।

जानु–पिएफले फराकिलो अग्रता बनाइरहेको भए पनि अहिलेसम्म औपचारिक परिणाम सार्वजनिक भएको छैन । परिणाम घोषणामा भइरहेको ढिलाइप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् । चुनावको पर्यवेक्षण गरेको युरोपेली युनियनले राष्ट्रपति चुनावको नतिजा सार्वजनिकमा ढिलाइ नगर्न आग्रह गरेको छ ।

Comments