• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वान डे क्रिकेटमा डेब्यु गर्दै
प्रकाशित मिति: बुधबार, साउन १६, २०७५

१६ साउन । अन्तर्राष्ट्रिय मान्यता पाएको झण्डै ५ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वान डे क्रिकेटमा डेब्यु गर्दैछ । पहिलो एकदिवसीय खेलमा नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्न लागेको हो । २ म्याचको सिरिज अन्तर्गतको पहिलो खेल नेपाली समयानुसार आज दिउँसो पौने ३ बजे आम्स्टार्डममा शुरु हुनेछ । नेपाल, नियमित कप्तान पारस खड्का र घरेलु टोली पिटर सेलारको कमानीमा मैदान उत्रनेछ ।

कप्तान खड्काले ऐतिहासिक अवसरलाई सदुपयोग गर्न नेपाली टोली आतुर रहेको बताएका छन् । घरेलु टोलीबिरुद्ध नेपाल, उच्च मनोबलका साथ स्पष्ट जितको लक्ष्यमा मैदान उत्रने उनको भनाई छ । नेदरल्याण्ड्सका कप्तान सेलारले नेपालबिरुद्धको खेल निक्कै प्रतिस्पर्धात्मक हुने दाबी गरेका छन् ।

यो अवसरलाई ऐतिहासिक बनाउन आफ्नो टोली मैदान उत्रने सेलारको भनाई छ ।  जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा आठौँ स्थानमा रहँदै नेपालले गत मार्च १५ मा वान डे अन्तर्राष्ट्रिय टोलीको मान्यता प्राप्त गरेको थियो ।

वान डे स्टाटस पाउने नेपाल २३ औँ राष्ट्र हो । हाल एकदिवसीय क्रिकेट खेल्ने राष्ट्रको संख्या १६ छ । जसमा १२ टेष्ट र नेदरल्याण्ड्स, नेपाल, युएई र स्कटल्याण्ड गरी थप ४ राष्ट्र रहेका छन् ।   

Comments