• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
अन्तर्राष्ट्रिय
जिम्बाब्बेमा पूर्व राष्ट्रपति रोवर्ट मुगाबेको सहभागिताविनै पहिलो राष्ट्रपतीय निर्वाचन सम्पन्न
प्रकाशित मिति: बुधबार, साउन १६, २०७५

एजेन्सी ।  जिम्बाब्बेमा पूर्व राष्ट्रपति रोवर्ट मुगाबेको सहभागिताविनै पहिलो राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचनमा ७५ प्रतिशत मत खसेको छ ।  निर्वाचनमा सत्तारुढ जानु पीएफ पार्टीका वर्तमान राष्ट्रपति इमर्सन एमनान्गाग्वा र विपक्षी नेता नेल्सन सामिसाबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अन्तिम परिणाम पाँच दिनभित्र आउने अधिकारीहरुले बताएका छन् ।२३ जना उम्मेदवार मध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके आगामी सेप्टेम्बर ८ मा दोस्रो चरणको निर्वाचन हुनेछ ।    निर्वाचन पर्यवेक्षणका लागि सयौं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु खटिएका थिए ।

गत वर्ष सेनाले सत्तामा नियन्त्रण कायम गरेपछि मुलुकका संस्थापक राष्ट्रपति मुगाबेलाई अपदस्थ गरिएको थियो । करिब ४ दशकसम्म मुगाबेको नेतृत्वमा रहेको जिम्बाब्बे अहिले चरम आर्थिक संकटसंग जुधिरहेको छ । 

Comments