• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इन्डोनेसियामा फेरी १६ जनाको शव भेटियो, बिद्रोहीले हत्या गरेको हुनसक्ने प्रहरीको आशंका
  • धनकुटामा पहिलो किस्ता अनुदान रकम लिएका अधिकांश भुकम्प पिडितले घर निर्माण गरेनन्
  • धनकुटाको भीरगाउ“मा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु, मृत्यु, हुनेमा ३१ बर्षिय दिपक राई
  • धरान उपमहानगरमा अधिकृत नहु“दा समस्या, एक महिनादेखी सम्पूर्ण काम ठप्प, विकासे काम समेत प्रभावित
  • जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी तीव्र, जानकी मन्दिरलाई झकिझकाउ बनाईदै
अन्तर्राष्ट्रिय
मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटनामा परी ८५ जना घाइते
प्रकाशित मिति: बुधबार, साउन १६, २०७५

एजेन्सी । मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना भएको छ । विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ । दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएका छन् । विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए । बीबीसीका अनुसार विमानमा रहेका १०१ जनामध्ये ८५ जना घाइते भएका छन् ।

२ जनाको अवस्था गम्भीर रहेको पनि बीबीसीले उल्लेख गरेको छ । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार उडेको ५ मिनेटमा नै विमान दुर्घटनामा परेको थियो । विमानमा रहेका यात्रुहरु हाइवेमा मद्दत मागिरहेका देखिएको थियो ।  

विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना जानकारी दिएका छन् ।  एएम २४३१ कल साइन भएको उक्त विमान दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ जान लागेको थियो ।

Comments