• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
अन्तर्राष्ट्रिय
आज विश्व स्तनपान दिवस, ‘स्तनपान ः जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा मनाइदै
प्रकाशित मिति: बुधबार, साउन १६, २०७५

१६ साउन । आज विश्व स्तनपान दिवस, ‘स्तनपान ः जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा मनाइदै छ । शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको हो  । स्वास्थ्यकर्मीका अनुसार आमाको पहिलो दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । आमाको दूधमा रोगाणु नाशक तत्वहरू हुन्छन् ।

तर अझै पनि यो चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई मिल्काउने गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन । आमाको दूधले बच्चाको स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । संगठनले आमाको दूध बच्चालाई स्वस्थ राख्ने पहिलो खोप भएको जनाएको छ ।

यस्तै, आमाले जति धेरै पटक शिशुलाई दूध चुसाउछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधी बढेर जान्छ । बाल्यकालमा प्रशस्त मात्रामा आमाको दूध खान नपाएकालाई मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । उनीहरूको वृत्तिविकाससमेत असर पर्दछ । डाक्टरले बालबालिकालाई स्वस्थ राख्न ६ देखि आठ महिनासम्म आमाको दूध उत्तम आहार हुने बताएका छन ।

Comments