• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
मोफसल समाचार
नगरभित्र रहेका सबै सामाजीक संघसंस्था हरुसंग सहकार्य गरेर अगाढि बढने : दमक नगरपालिका
प्रकाशित मिति: सोमबार, साउन १४, २०७५

दमक, १४ असार ।  झापाको दमक नगरपालिकाले नगरभित्र रहेका सबै सामाजीक संघसंस्था हरुसंग सहकार्य गरेर अगाढि बढने जनाएको छ । आज दमक ७ स्थित पृथ्वि माद्यमीक बिद्यालया आयोजीक कार्यक्रममा दमक नगर पालिकाकी उप प्रमुख तथा प्रबक्ता गीता अधिकारीले दमकमा रहेका सबै सामाजीक सघसंस्थाहरुले नगरपालिका संग सहकार्य गरेर मात्र कार्यक्रम गर्न अनुरोध गर्नु भएकोछ ।

लाइन्स क्लव आफ माउण्ट एभ्रेष्ट र यूनाईटेडले आयोजना गरेको बिद्यालायमा अध्यनरत ५० बिद्यार्थीलाई झोला र पानी पिउने बोटल बितरण कार्यक्रममा उप प्रमुख तथा प्रबक्ता अधिकारीले आफुखुसी कार्यक्रम गर्नुभन्दा नगरपालिका संग सहकार्यगरेर गरिएको कार्यक्रम निकै प्रभाबकारी हुन बताउनु भयो ।

लाइन्स क्लव अफ दमक माउण्ड एभ्रेष्ट र यूनाईडढले बिद्यालयमा रहेका गरिव तथा बिपन्न परिवारका ५० जना बिद्यार्थीलाई बिद्यालय झोला र पानी पीउने बोटल बितरण गरेको थियो । दमकमा एक सय भन्दा बढि सामाजीक संघ सस्था रहेको दमक नगरपालिकाको समाजीक विकाश शाखाले जनाएको छ । 
 

Comments