• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
खेलकुद
नेपाली क्रिकेट टोलीले आज बेलायतको लड्र्स क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी शृङ्खला खेल्दै
प्रकाशित मिति: आइतबार, साउन १३, २०७५

१३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बेलायतको लड्र्स क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी शृङ्खला खेल्दैछ ।क्रिकेटको मक्का मानिने ऐतिहासिक लड्र्स मैदानमा नेपालले दोस्रो पटक खेल्न लागेको हो । मैत्रीपूर्ण टी–ट्वेन्टी शृङ्खलाका लागि नेपाली टोली अहिले इङ्ल्याण्डमा छ । नेपालले आज साँझ नेपाली समयअनुसार सवा ६ बजे मेरेलीबोन क्रिकेट क्लव (एम.सी.सी.)सँग खेल्नेछ भने साढे १० बजे नेदरल्याण्ड्ससँग खेल्नैछ ।

त्यसअघि दिउँसो ३ बजे नेदरल्याण्ड्स र एम.सी.सी.बीचको खेल हुनेछ । एम.सी.सी.को कप्तानी श्रीलंकाली महान क्रिकेटर माहेला जयबर्दनेले गर्नेछन् । मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अन्तर्राष्ट्रिय टी–ट्वेन्टीको मान्यता दिएको छ ।

नेपालले सन् २०१५ पछि पहिलो पटक अन्तराष्ट्रिय टि ट्वेन्टी खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजपछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । त्यहाँ नेपालले नेदरल्याण्ड्ससँग आगामी बुधबार र शुक्रबार एक दिवसीय खेल खेल्नेछ । नेपालले एक दिवसीय शृङ्खला खेल्न लागेको यो पहिलो अवसर हो ।

Comments