• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
अन्तर्राष्ट्रिय
ग्रिसमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५

एजेन्सी ।  ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । राजधानी एथेन्स वरपरका जंगलमा फैलेको आगोमा जलेर दर्जनौं घाइते भएका छन् भने १० जना पर्यटक हराइरहेका छन् । बीबीसीका अनुसार, मातीको समुद्री तटमा रहेका रिसोर्टमा कैयन फसेका छन् । आगो फैलन सक्ने खतरा भएका वस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

ग्रिस सरकारका प्रवक्ता डिमिथिस टान्जाकोप्लोसले मंगलबार बिहान मृतकको संख्या २० पुगेको बताएका छन्  । १०४ जनाभन्दा बढी घाइते भएकोमा ११ जनाको अवस्था गम्भीर रहेको डिमिथिसले जनाएका छन् । आगो नियन्त्रणका लागि सयौं अग्नीनियन्त्रक खटिए पनि प्रयास सफल हुन सकेको छैन ।

आगो नियन्त्रणबाहिर गएपछि ग्रिसले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । बोस्नियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आगो नियन्त्रणका लागि सबैखाले प्रयासहरु गरिएको बताएका छन् ।

Comments