• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
अन्तर्राष्ट्रिय
उत्तर कोरियाद्वारा प्रमुख क्षेप्यास्त्र परिक्षण एवं प्रक्षेपणस्थल नष्ट गर्ने प्रक्रिया सुरु
प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५

एजेन्सी । उत्तर कोरियाले प्रमुख क्षेप्यास्त्र परिक्षण एवं प्रक्षेपणस्थल नष्ट गर्ने प्रक्रिया सुरु गरेको छ । पारमाणविक प्रक्षेपण केन्द्र सोहयस्थित रकेट प्रक्षेपण स्थलमा भएका क्रियाकलाप स्टाटलाईटबाट खिचिएका तस्विरमा सार्वजनिक गरिएको बीबीसीले जनाएको छ । उत्तर कोरियाका क्रियाकलापमाथि निगरानी गर्ने अमेरिकी संस्थाले प्रक्षेपणस्थल नष्ट गर्न सुरु हुनु निशस्त्रिकरण प्रति उत्तर कोरिया प्रतिबद्ध रहेको प्रमाण भएको उल्लेख गरेको छ ।

स्याटलाइर्ट प्रक्षेपणका लागी प्रयोग गर्ने दाबी गरेपनि सो केन्द्र ब्यालेष्टिक मिशाईल प्रक्षेपणका लागि प्रयोग हुनेगरेको अमेरिकी अधिकारीले आरोप लगाउँदै आएका थिए । गत नौ महिनामा उत्तर कोरियाले कुनै पनि मिशाईलन परिक्षण नगरेको प्रति प्रशंसा गर्दै अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प एसिया शान्त रहेको बताउनुभएको छ ।

अमेरिकासँग आबद्ध एउटा अनुगमन समुहले उत्तर पश्चिमी क्षेत्रमा रहेको सोहाय स्टेशनका स्याटेलाइट तस्वीरहरुमा परीक्षण स्थल नष्ट गरिँदै गरेको देखिएको जनाएको छ । गत जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सहमति अनुसार उत्तरले पछिल्लो कदम चालेको हो ।

नौ महिना यता उत्तर कोरियाले कुनै पनि परमाणु परिक्षण नगरेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई मुलुकको सम्बन्ध सुधारको यो सुरुवातलाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।    

Comments