• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
अन्तर्राष्ट्रिय
पाकिस्तानमा हिंसात्मक गतिबिधी बढ्दो
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५

एजेन्सी ।  पछिल्लो समय पाकिस्तानमा जुलाई २५ मा हुने निर्वाचनलाई लक्षिात गरी हिंसात्मक गतिबिधी बढ्दै गएको छ । हिजो पनि फेरी गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएकाहरुलाई लक्षित गरी आत्मघाती बम आक्रमण  भएको छ ।

सोही क्रममा आमनि निर्वाचनका उम्मेदवारको मृत्यु भएको छ । घटनामा अर्का एक जना पनि मारिएका छन् भने थुप्रै घाइते भएका छन् । गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई)का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालक मारिएका हुन् ।

चुनाव बिथोल्न गराइएका यस्ता आक्रमणमा परी पाकिस्तानमा चुनाव घोषणा भएयता मात्र कम्तीमा १ सय ७० जना मारिइसकेका छन् भने दुई सयभन्दा बढी घाइते भएका छन् । मतदानको दिन नजिकिंदै गर्दा पाकिस्तानमा हिंसाका घटना बढेका छन् ।

Comments